काठमाडौं, २५ मंसिर ।
काठमाडांैमा ‘नेपाल जिम्मेवार व्यवसाय सम्मेलन–२०१४’ को आयोजना हुने भएको छ । ‘आर्थिक सफलताका लागि व्यावसायिक अभ्यास’ भन्ने मूल नाराका साथ आयोजना हुने सो सम्मेलन आगामी १ र २ पुसमा हँुदै छ । सम्मेलनले नेपालमा संस्थागत सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउन सहयोग प¥याउने आयोजक नेपाल व्यावसायिक पहलका अध्यक्ष पद्म ज्योतिले बताए ।
‘नाफा कमाएपछि सामाजिक उत्तरदायित्वका नाममा केही रकम खर्च गर्नेभन्दा पनि उसले नाफा नै कति उचित तरिकाले कमाएको छ भन्ने खोजी गर्नुपर्ने भएको छ, कानुनले भनेबाहेकका विषयमा पनि व्यवसायी आफंैले निश्चित दायित्वबोध गर्नुपर्छ भन्ने मान्यताले यस्तो पहल सुरु गरिएको हो,’ अध्यक्ष ज्योतिले भने ।कार्यक्रमलाई राष्ट्रिय व्यवसायिक पहल, हिमालयन क्लाइमेट इनिसियटिभ, त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले संयुक्त रूपमा आयोजना गर्दै छन् जसका लागि नेपाली–जर्मन समावेशी आर्थिक विकास (जीआईजेट)ले पनि सहयोग गरेको छ ।
सम्मेलनले जिम्मेवार व्यवसायसम्बन्धी अन्तर्राष्ट्रिय अनुभव तथा नेपाली उद्यमी व्यवसायीहरूको अनुभव आपसमा आदान–प्रदान गर्ने उद्देश्य लिएको छ । यसका साथै सम्मेलनले व्यावसायिक जिम्मेवारी सामाजिक र सरकारी नियमहरूको पालनामा मात्रै सीमित नभई व्यवसाय सञ्चालनकर्ता तथा व्यवस्थापकहरूको रणनीतिको प्रमुख अंग हो भन्ने कुरालाई यस सम्मेलनले प्रमुखताका साथ उठाउनेछ । यसैगरी, व्यावसायिक जिम्मेवारी व्यवस्थापकहरूको निरन्तरको सिकाइबाट मात्र सम्भव हुने लामो यात्रा हो भन्ने सन्देशसमेत सम्मेलनले प्रवाहित गर्नेछ ।
सम्मेलनमा प्रमुख वक्ताको रूपमा महिन्द्रा स्टिल भारतका प्रमुख कार्यकारी अधिकृत उदय गुप्ता आउनेछन् । गुप्ताका साथै अम्बुजा सिमेन्टका महानिर्देशक अनघा महाजनी, दक्षिण अफ्रिकाबाट इन्टाइस संस्थाका निर्देशक जोन हान्क्सका साथै केपटाउन विश्वविद्यालयका प्राध्यापक राल्फ हम्मान पनि आउनेछन् । यस्तै नेपालका साना–ठूला गरी ५० भन्दा बढी कम्पनीहरूले प्रस्तुति गर्नेछन् ।