अख्तियारमा नयाँ रेकर्ड, २ महिनामा ४ हजार ७ सय उजुरी

82
  •  
  •  
  •  

काठमाडौं, ११ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पछिल्ला दुई महिनामा मात्रै चार हजार सात सय उजुरी परेका छन् । यही अनुपातमा उजुरी परे चालू आर्थिक वर्षमा करिब ३० हजार उजुरी आउने अख्तियारको अनुमान छ ।

अख्तियारका प्रवक्ता श्रीधर सापकोटाका अनुसार भ्रष्टाचारीमाथि छानबिन गरी मुद्दा दायर गर्ने कामलाई तीव्रता दिएपछि दिइएपछि उजुरी आउने क्रम ह्वात्तै बढेको छ  । ‘दुई महिनामा मात्रै विभिन्न निकायमा भएको भ्रष्टाचार छानबिनको माग गर्दै चार हजार सात सय उजुरी परेका छन्, यो हालकै नयाँ रेकर्ड हो,’ उनले भने ।

लोकमानसिंह कार्की प्रमुख आयुक्त भएर आएपछि आयोगले विभिन्न अनियमितताका उजुरी छानबिन गरी दुई सय ७० वटा भ्रष्टाचारका मुद्दा विशेष अदालतमा दायर गरेको छ । जसमा करिब आठ सय व्यक्ति तानिएका छन् । ती मुद्दाबाट अख्तियारले दुई अर्ब ५० करोडभन्दा बढी बिगो माग दाबी गरेको छ । कार्की २५ बैशाख ०७० मा प्रमुख आयुक्तमा नियुक्त भएका थिए ।

नयाँ पत्रिका दैनिकबाट 


  •  
  •  
  •