पूर्वाधारबिनै घरघरमा रोजगारी !

121
  •  
  •  
  •  

काठमाडौं २७ बैशाख ।
सरकारले आइतबार घोषणा गरेको आर्थिक वर्ष २०७३/७४ नीति कार्यक्रम सुनेपछि काठमाडों सुन्धाराका प्रेमलाल कायस्थ निकैबेर अलमलमा परे । कारण नीति तथा कार्यक्रमको पाठ गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीको भनाइ नबुझेर होइन ।

‘सरकारले एक घर एक रोजगार कार्यक्रम सुरु गर्ने घोषणा सुन्दा अलमलामा परेको हुँ, ३० वर्षयि कायस्थले भने भाषणमा बेरोजगारलाई रोजगारी दिने कुरा सुन्दा खुसी हुनुपर्ने हो । तर मलाई यसमा विश्वास छैन । ‘

प्रत्येक परिवालका एक सदस्यालार्य रोजगारी दिने कार्यक्रम घोषणा गरेको सरकारको तयारी देखेर धेरैले आर्थिक वर्ष ०७३/०७४को नीति तथा कार्यक्रमलाई विश्वास नगरेका हुन् ।

युवालाई रोजगारी भाषणले मात्र सम्भव नहुने नीति तथा बजेटप्रति प्रतिक्रिया दिनेहरुको छ । उनीहरु सरकाले कुनै पूर्वाधार नवनाई घरघरमा रोजगारी कार्यक्रम ल्याएको बताउँछन् ।
नागरिकबाट


  •  
  •  
  •