नायक राजेश हमाल लिएर अाउँदैछन्-‘को बन्छ करोडपति’

618
  •  
  •  
  •  

काठमाडौं, १९ असाेज (अाेएनएस) : नायक राजेश हमाल ‘को बन्छ करोडपति’ कार्यक्रम लिएर अाउन लागेका छन्। भारतीय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’को नेपाली संस्करण ‘को बन्छ करोडपति’ आगामी छठपर्वपछि प्रसारण हुने तयरी भर्इ रहेकाे छ ।

एसआरविएन मिडिया प्रालिले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेपाली पन झल्कने गरी प्रसारण गर्न लागिएकोे सो कार्यक्रमका संयोजक विपिनकुमार आचार्यले जानकारी दिए । नायक राजेश हमालले कार्यक्रमलाई अन्तर्राष्ट्रिय मापदण्ड कायम गरी नेपाली स्वाद दिनु जरुरी रहेको औँल्याए । एपिवान टेलिभिजनबाट प्रसारण हुने उक्त कार्यक्रमको प्रसारणको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।

भारतमा चार वटा भाषामा प्रसारण हुँदै आएको कार्यक्रम अन्य विभिन्न देशका टेलिभिजनले पनि प्रसारण गर्दै आएका छन् ।भारतमा कौन बनेगा करोडपति कार्यक्रम महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएका छन्। नेपाली संस्करणको सञ्चालन भने नायक हमालले गर्नछन् । कार्यक्रमको छ भागका लागि दर्ता प्रक्रिया पूूरा भएर छनोट चरणमा पुगेको जनाइएको छ ।


  •  
  •  
  •