नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सपथ ग्रहण

138
  •  
  •  
  •  

president bhandari oathकाठमाडौँ, १२ कात्तिक(ओएनएस) : नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गरेकी छिन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठले भण्डारीलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् । सपथ ग्रहण गरेपछि राष्ट्रपति भण्डारीले सपथपत्रमा हस्ताक्षर गरेकी छिन् ।

सपथ ग्रहणपछि निवर्तमान राष्ट्रपति डा. यादवले राष्ट्रपति भण्डारीलाई राष्ट्रपतिको कुर्सी हस्तान्तरण गरेका छन् । कुर्सी हस्तान्तरणपछि निवर्तमान राष्ट्रपति डा. यादव समारोहबाट बिदा भएका छन् । राष्ट्रपति भण्डारीले निवर्तमान राष्ट्रपति डा. यादवलाई उठेर बिदाई गरेकी छन् ।

लगत्तै सेनाले नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई सलामी अर्पण गरेको छ । सपथ ग्रहण अगाडि सेनाले निवर्तमान राष्ट्रपति डा. यादवको बिदाईमा सलामी अर्पण गरेका थियो । यसपछि राष्ट्रपतिसँग परिचयको कार्यक्रम भएको छ । राष्ट्रपतिसँग उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधिशलगायत पूर्व प्रधानमन्त्री, मन्त्रीहरू, कुटनीतिक नियोगका पदाधीकारीहरू, राजदूतहरूले परिचय आदानप्रदान गरेका छन् ।

आजै निवर्तमान राष्ट्रपति रामवरण यादवसँग कुर्सी साटासाट गरेर नवनियुक्त राष्ट्रपति भण्डारीले पदभार ग्रहण गर्ने कार्यक्रम छ । शितल निवासमै बिदाई कार्यक्रम पछि निवर्तमान राष्ट्रपति डा. रामवरण यादवले आज ५ बजे शितल निवास छाड्ने भएका छन् । निवर्तमान राष्ट्रपति डा. यादव सरकारले उपलब्ध गराएको ललितपुरको बागडोलस्थित भवनमा सर्नेछन् । यादवले ७ बर्ष ३ महिनापछि शितल निवास छाड्न लागेका हुन् ।

संसदमा बुधबार सम्पन्न राष्ट्रपति निर्वाचनमा ३२७ मत ल्याउँदै भण्डारी राष्ट्रपतिमा विजयी भएकी हुन् । उनी गणतन्त्र नेपालको दोस्रो र पहिलो महिला राष्ट्रपति बनेकी हुन् ।


  •  
  •  
  •