नयाँ शक्तिको ‘क्लिन काठमाडौँ, ग्रिन काठमाडौँ’ अभियान सुरू

184
  •  
  •  
  •  

काठमाडौँ, ६ चैत(ओएनएस) : बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले काठमाडौँमा सरसफाई अभियान सुरू गरेको छ ।

नयाँ शक्ति नेपालले काठमाडौँ केन्द्रीत ‘क्लिन काठमाडौँ, ग्रिन काठमाडौँ’ अभियान आज शनिबारबाट सुरू गरेको हो । उक्त अभियानको उद्घाटन गर्दै नेता भट्टराईले पशुपति क्षेत्रमा सरसफाई कार्यक्रमको उद्घाटन र सरसफाई कार्यक्रम सहभागी भई अभियानको सुरूवात गरेका थिए । भट्टराईले फोहोर उठाउनुका साथै पशुपति परिसरमा झाडूसमेत लगाए । यो अभियान उपत्यकामा २४ हप्तासम्म चल्नेछ ।

विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं उपत्यकाका सबै क्षेत्रहरुमा सरसफाई अभियान चल्ने नयाँ शक्ति नेपालले जनाएको छ । सरसफाइ अभियानमा अभिनेतृ करिश्मा मानान्धर र अभिनेता सरोज खनाल लगायतको सहभागिता थियो ।

यस क्रममा विश्व सम्पदा सूचीमा सूचीकृत भएका सबै स्थानमा सरसफाइ गरिने नयाँ शक्ति नेपालले जनाएको छ ।


  •  
  •  
  •