नयाँ शक्ति नेपाल निर्वाचन आयोगमा दर्ता

191
  •  
  •  
  •  

काठमाडौं ११ चैत ।
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । नयाँ शक्ति नेपालका नेता देवेन्द्र पौडेलका अनुसार पार्टीको नाम, लोगो, झण्डा र निर्वाचन चिन्ह दर्ता गरिएको हो ।

पार्टीको नाम नयाँ शक्ति नेपाल रहनेछ भने झण्डा र निर्वाचन चिन्ह पाँच कुने तारा रहनेछ । लोगो भने पाँचकुने ताराको माथिपट्टि नेपालीमा र तल्लोपट्टि अंग्रेजीमा नयाँ शक्ति नेपाल लेखिएको छ ।
कान्तिपुरबाट


  •  
  •  
  •