दाहाल नेतृत्वमा अर्को गठबन्धन

166
  •  
  •  
  •  

काठमाडौं २७ मंसिर।
संविधानसभामा प्रतिनिधित्व गर्ने १९ राजनीतिक दलले ‘संघीय लोकतान्त्रिक गठबन्धन’ गठन गरेका छन्। कांग्रेस–एमालेलगायतका दलले संविधानको अन्तर्वस्तुमा सार्वजनिक गरेको साझा अवधारणामा हस्ताक्षर नगर्ने १९ राजनीतिक दलले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा गठबन्धन घोषणा गरेका हुन्।

दाहादकै नेतृत्वमा मधेसी दलहरु सहितको संघीय गणतान्त्रिक मोर्चा पनि अस्तित्वमा छ। संविधान सभा बाहिर रहेका र साना दलहरु समेतको अर्को २२ दलीय मोर्चा पनि दाहालको नेतृत्वमा रहेको छ।

शुक्रवार एमाओवादी संसदीय दलको कार्यालयमा बसेको बैठकले एमाओवादी अध्यक्ष दाहालको नेतृत्वमा गठबन्धन घोषणा भएको गठबन्धनका सदस्य थरुहट तराई पार्टीका सभासद गोपाल दहितले जानकारी दिए।

पहिचानसहितको संघीयता, संविधानसभाबाटै संविधान जारी गर्न दबाब दिने उद्देश्यले गठबन्धन गठन गरेको उनले बताए। यसअघि गठबन्धन गठन गर्ने नगर्ने विषयमा विवाद भएपछि गठबन्धन घोषणा हुन सकेको थिएन। गठबन्धनले तोकिएको मितिमा संविधान जारी गर्न सम्झौता र सहमति गर्ने रणनीति अख्यिार गर्ने भएको छ। ‘अहिले गठबन्धनले सहमति र सम्झौताबाटै संविधान जारी गर्ने वातावरण बनाउन पहल गर्ने निर्णय गरेका छौं,’ गठबन्धनका सदस्य राष्ट्रिय खुम्बुवानका सभासद रामकुमार खुम्बुले भने, ‘अहिले कुनै पनि आन्दोलनका कार्यक्रम तय गरेका छैनौं।’

कांग्रेस–एमालेलगायतका दलले संविधानका अन्र्तवस्तुमा नौ बुँदे अवधारणा सार्वजनिक गरेपछि केही साना दललाई समेटेर एमाओवादीले मोर्चा गठन गरेको थियो। एमाओवादीलगायतका दलले जातीय पहिचानका आधारमा दश प्रदेश हुनुपर्ने, समानुपातिक निर्वाचन प्रणाली हुनु पर्ने अडान राख्दै आएका छन्।

मोर्चाले एमाओवादी महासचिव कृष्णबहादुर महरा संयोजक रहेको कार्यदल गठन गरेको थियो । कार्यदललाई गठबन्धनको अवधारणा पेश गर्न भनिएको थियो। कार्यदलले पेश गरेको अवधारणाप्रति सहमति जनाउँदै नेपाल परिवार दल भने अलग भएको थियो। परिवार दलका अध्यक्ष एवं सभासद एकनाथ ढकालले सहमतिको वातावरण बन्दै गएको अवस्थामा आन्दोलनको कुनै अर्थ नरहने भन्दै मोर्चाबाट बाहिरिएको बताएका थिए। नागरिकबाट


  •  
  •  
  •