काठमाडौ, १९ मंसिर(ओएनएस) : संविधानसभामा रहेका विपक्षी दलले पनि संविधानका विवादित विषयमा साझा धारणा सहितको मस्यौदा बनाउने भएका छन् ।
एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको २० दलको बैठकले साझा धारणा सहितको मस्यौदा बनाउन पाँच सदस्यीय कार्यदल बनाएको छ । कृष्णबहादुर महराले नेतृतव गर्ने उक्त कार्यदलमा हृदयेश त्रिपाठी, प्रेमबहादुर सिंह, रामकुमार राई र रानी तिवारी रहेका छन् । संविधानका अन्तरवस्तुमा साझा धारणा बनाउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले नयाँ मोर्चा बनाउने निर्णय गरेको हो ।
कार्यदललाई एक हप्ताभित्र साझा धारणा सहितको मस्यौदा बनाउने जिम्मा दिइएको छ । बैठक पछि सद्भावना अध्यक्ष राजेन्द्र महतोले विपक्षी दलको साझा धारणा बनेपनि मस्यौदा तयार गरेर संविधानसभामा पेस गर्ने बताए । यसअघि सत्तासिन नेपाली कांग्रेस र एमालेले पनि साझा धारणा सहितको मस्यौदा पेस गरिसकेका छन् ।