५ अर्बका नयाँ नोट आजदेखि बजारमा

119
  •  
  •  
  •  

काठमाडौं असोज (ओएनएस) : सरकारले दशै तिहारलाई लक्षित गरेर आजदेखि नयाँ नोट बजारमा ल्याउने भएको छ । नेपाल राष्ट्र बैंकले ४० देखि ४५ अर्बका नयाँ नोट बजारमा ल्याउने छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली र बैंकको सातवटा जिल्ला कार्यालयबाट फुलपातीको दिनसम्म नयाँ नोट वितरण गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले तोकेको विभाग तथा कार्यालयमा गएर सर्वसाधारण तथा संस्थाले पुराना नोटसँग नयाँ नोट साट्न सक्नेछन् । पूजा तथा दक्षिणाका लागि सफा नोटको प्रयोग गर्नाले फल प्राप्ति हुने हिन्दू धर्मावलम्बीमा विश्वास रहिआएकाले बर्सेनि केन्द्रीय बैंकले अर्बौंको नयाँ नोट वितरण गर्दै आएको छ । यस वर्ष रु ५, १०, २०, ५० र १०० दरका नोटहरू सर्वसाधारणका लागि वितरण गर्न लागिएको छ ।


  •  
  •  
  •