नवनियुक्त मन्त्रीहरुको शपथ

47
  •  
  •  
  •  

काठमाडौँ, २९ भदौ (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले नवनियुक्त मन्त्रीद्वय दीपकचन्द्र अमात्य र महेश बस्नेतलाई आइतबार पद तथा गोपनीयताको शपथ दिलाएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार बिहान राष्ट्रपति डा रामवरण यादवको उपस्थितिमा आयोजित समारोहमा अमात्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र बस्नेतले उद्योग मन्त्रीका रुपमा शपथ लिएका हुन् ।

कार्यक्रममा उपराष्ट्रपति, उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, मन्त्रीहरु, नेकपा (एमाले)का अध्यक्ष एवम् वरिष्ठ नेता, संवैधानिक निकायका प्रमुख र मुख्य सचिवसहित सरकारका उच्चपदस्थ कर्मचारीको सहभागिता थियो । प्रधानमन्त्रीले एमालेको सिफारिसमा शुक्रबार उनीहरुलाई मन्त्रीमा नियुक्त गरेका थिए ।


  •  
  •  
  •