नवनियुक्त एमडी आचार्यले पदभार ग्रहण गरे

331
  •  
  •  
  •  

Buddhi P Acharya 1काठमाडौं,२३ भदौ (ओएनएस) ः नेपाल टेलिकमका नवनियुक्त प्रवन्ध निर्देशक (एमडी) बुद्विप्रसाद आचार्यले आइतवार पदभार ग्रहण गरेका छन् ।

आचार्यले आफ्नो २ बर्षे कार्यकालमा सेवाको गुणस्तर सुधार तथा सेवा विस्तारमा सम्पूर्ण शक्ति लगाउने बताए । साथै कर्मचारीको वृत्ति विकासका लागि थप कार्यक्रम ल्याउने बताए ।

भारतको दि इन्ष्टिच्युट अफ इण्डियाबाट चार्टड एकाउन्टेन्सी पास गरेका आचार्य २०५७ सालमा कम्पनीमा दशैं तहमा प्रवन्धक पदबाट टेलिकम सेवामा प्रवेश गरेका हुन् ।

आचार्यलाई गत असार १९ गते मन्त्रीपरिषदको दुई बर्षका लागि कम्पनीको प्रवन्धक पदमा नियुक्त गरेको हो ।

 


  •  
  •  
  •