नयाँ नक्सा कार्यान्वयनमा लैजान संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने मन्त्रिपरिषद्को निर्णय

67
  •  
  •  
  •  

काठमाडौं । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश भएको नयाँ नक्सा कार्यान्वयनमा लैजान संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ गते संसद बस्नु अघि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।

फाइल तस्बिर

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची–३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्न लागिएको हो ।

निशान छाप संशोधनका लागि संविधान संशोधन गरेपछि नेपालको नयाँ नक्सा पूर्ण रूपमा कार्यान्वयन हुनेछ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर सोमबार मात्र नयाँ नक्सा पारित गरेको थियो भने बुधबार सार्वजनिक गरेको थियो ।


  •  
  •  
  •