आयो ‘जुरासिक वर्ल्ड’को नयाँ पोष्टर

729
  •  
  •  
  •  

jurrasic-world-new-posterकाठमाडौ/बैशाख(एजेन्सी) : हलिउडको चर्चित चलचित्र ‘जुरासिक पार्क’को नयाँ सिरिज ‘जुरासिक वर्ल्ड’को एक नयाँ पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रका निर्देशक कोलिन ट्रेवोरोले अनलाईनमा उक्त पोष्टर सेयर गरेका हुन् ।

नयाँ पोष्टरमा ब्रायस होवार्डका पात्र क्लेयर डियरिङ्गलाई शीसाको एक ठूलो झ्यालको अगाडि इडोमाइनस रेक्ससँग देखाइएको छ । उक्त नयाँ पोष्टर ट्विट गर्नुअगाडि ट्रेवोरोले ट्वीट गर्दै भनेका छन्, ‘ट्रेलर सोमबार, तीन पोष्टरमध्ये पहिलो पोष्टर आज’ । यो ट्वीट गरेपछि उनले पोष्टर र एक सम्वाद पनि हालेका छन् जुन चलचित्र ‘जुरासिक पार्क’मा जोन हेमन्डले बोलेका थिए । उनले लेखेका छन्, ‘हामी खोजीमा रहँदा पनि कसरी निस्क्रिय बन्न सक्छौ ।’

‘जुरासिक वर्ल्ड’को एक क्लिपमा क्रिस प्याट र ब्रायसको सम्बन्धको झलक देखाइएको छ । यसमा यी दुई एक-अर्कासँग रमाईलो र ठट्टा गरिरहेको देखिन्छ ।

‘जुरासिक वर्ल्ड’ मा ब्रायस, क्रिस, जेक जोनसन, टी सिन्पकिन्स, जुडी ग्रीर, इरफान खान र उर सायको भूमिका देख्न पाइने छ । यो चलचित्रमा ‘जुरासिक पार्क’को घटानाहरूको २२ वर्षपछिको साइन्स फिक्सन एडभेन्चर देखाइएको बताइएको छ । ‘जुरासिक वर्ल्ड’ १२ जुनमा रिलिज हुनेछ ।


  •  
  •  
  •