नशा सम्बन्धि औषधि बेचविखन गर्नेलाई मृत्युदण्ड : राष्ट्रपति डोनाल्ड ट्रम्प

191
  •  
  •  
  •  

६ चैत्र– अमेरिकामा नशासम्बन्धि औषधि बेचविखन गर्नेलाई मृत्युदण्ड सजाय दिइने बताइएकाे छ।

गैरकानुनी तरिकाले नशासम्बन्धि औषधि खरिद गरेर बेचविखन गर्नेलाई मृत्युदण्डसम्मको कारबाही हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेबताएका छन्।

अमेरिकामा ‘पेनकिलर’ औषधि सेवनको महामारीलाई रोकथाम गर्ने योजनाअनुरुप सो व्यवस्था गर्न लागिएको अमेरिकी संचारमाध्यहरुले जनाएका छन्।

राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासन अवैधानिक औषधि बिक्रि गर्ने माफियाहरुका विरुद्धमा नयाँ कानुन ल्याउन तत्पर रहेपनि केहि राजनीतिक तथा कानुनी जटिलताको सामना गर्नुपर्ने देखिएको बताए।

हालसम्म करिब २४ लाख अमेरिकीहरु औषधि सेवनको लतमा फसिसकेको बताइन्छ। अमेरिकी स्वास्थ्य अधिकारीका अनुसार सन् २०१६ मा करिब ६३ हजार ६ सय नागरिकलाई औषधि अभाव भएको तथ्यांक छ।

न्यु ह्याम्पसायरको म्यानचेस्टरमा सम्बोधनका क्रममा ट्रम्पले भने,‘यदि हामीले औषधि बिक्रेताका लागि अप्ठेरो स्थिती खडा गरिदिन्नौ भने त्यो समय बर्बाद गर्नु मात्र ठहरिनेछ।’उनले थपे,‘त्यो अप्ठेरो स्थिती भनेको मृत्युदण्ड नै हो।’


  •  
  •  
  •