को को भए नयाँ इन्पेक्टर ?

123
  •  
  •  
  •  

Nepal_Police_काठमाडौ, ११ भदौ(ओएनएस) : नेपाल प्रहरीले गत वर्ष बैशाखमा प्रकाशित विज्ञापन अनुसार खुल्ला र समावेशी समूहतर्फको नेपाल प्रहरी प्रहरी निरिक्षक (जनपथ) अन्तर्गतको अन्तिम नतिजा प्रकाशित गरेको छ ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार खुलातर्फ ७५ जनाको नाम निकालिएको छ भने वैकल्पिकमा दुई जनाको नाम राखिएको छ । यस्तै, समावेशी समूहको आदिवासी/जनजातितर्फ १७ जना र वैकल्पिकमा ३ जनाको नाम सार्वजनिक गरेको छ ।
समावेशीतर्फकै मधेसीतर्फ ११ जना, महिलातर्फ ११ जना, दलिततर्फ ८ जना, पिछडिएको क्षेत्रबाट ४ जनाको नाम सार्वजनिक गरिएको छ । साथै महिला र पिछडिएको क्षेत्रतर्फ वैकल्पिकमा २/२ जनाको नाम सार्वजनिक गरिएको छ ।

को को भए नयाँ इन्स्पेक्टर ? नामावली

 


  •  
  •  
  •