नेपाल विज्ञापन संघको निर्वाचन आज

467
  •  
  •  
  •  

काठमाडौं ३ पुस : १५ औं वार्षिक साधारण सभा एवं निर्वाचन बिहीबार (आज) राजधानीमा हुँदै छ ।आगामी नेतृत्व चयन गर्ने सो निर्वाचनकका लागि अहिले विज्ञापन एजेन्सी सञ्चालक व्यवसायीहरू रवीन्द्रकुमार रिजाल (शशी) र सन्तोष श्रेष्ठबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ ।

सो निर्वाचनमा आगामी नयाँ नेतृत्व आफ्नो पक्षमा पार्न अहिले उनीहरूले छुट्टाछुट्टै समूह नै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यस निर्वाचनमा कि एडभरटाइजिङ सर्भिस प्रालिका प्रबन्ध निर्देशक एवं अध्यक्ष पदका उम्मेदवार रिजाल समूहले ‘अबको आन हरेक विज्ञापन एजेन्सीको सान’ भन्ने नारालाई अघि सारेको छ भने श्रेष्ठ समूहले ‘अग्रजलाई सम्मान युवापुस्तालाई प्रोत्साहन समृद्ध र सशक्त आन हामी सबैको पहिचान’ भन्ने मूल मन्त्रलाई आत्मासात् गरेको छ ।

अहिले उनीहरूले आ–आफ्नो पक्षमा नेतृत्व हत्याउन नेपाल विज्ञापन संघमा रहेका सम्पूर्ण व्यवसायीको पेसागत सुरक्षा र विज्ञापन एजेन्सीलाई पनि उद्योगको रूपमा मान्यता दिलाउन आगामी दिनमा गरिने चुनावी एजेन्डाहरू सार्वजनिक गरेर तीव्र प्रतिस्पर्धामा लागेका छन् । अहिले दुवै समूहका उम्मेदारहरूले व्यवसायीको पेसागत हकहित र संरक्षणका लागि स्थापित विज्ञापन एजेन्सीको साझा संगठन आन भएकाले यस व्यवसायलाई थप मर्यादित र पारदर्शी बनाउने प्रतिबद्धता जनाएका छन् ।

हरेक दुई÷दुई वर्षमा हुने नेपाल विज्ञापन संघको सो साधरणसभा निर्वाचनका लागि अहिले अध्यक्ष पदका उम्मेदवार रवीन्द्र कुमार रिजालको नेतृत्वमा १२ सदस्यीय व्यवसायीको समूह चुनावी मैदानमा उत्रिएको छ । यसैगरी सन्तोष श्रेष्ठको नेतृत्वको समूहमा पनि विभिन्न विज्ञापन एजेन्सीका सञ्चालक युवा व्यवसायी तीव्र प्रतिस्पर्धामा उत्रिएका छन् । सो समूहले पनि करिब ५ अर्बको विज्ञापन व्यवसायलाई सिंगो रूपमा उद्योगको मान्यता दिन आफूहरू निर्वाचित भए राम्रो पहल गर्ने बताउँदै आएको छ ।

यसैगरी सोही समूहले बढ्दो विज्ञापन बजारलाई सवल र सफल बनाउनका लागि यस अगाडिको कार्य समितिले अगाडि सारेको मिडिया सेन्टरको अवधारणालाई पनि अघि सार्दै नयाँ कार्यकालमा सफलताका साथ सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।


  •  
  •  
  •