काठमाडौं,२२ भदौ(ओएनएस) : मंगलबार नयाँ संविधानको अन्तिम प्रकृया शुरु भइसकेको छ । संवाद समितीबाट संविधानका अन्तरबस्तुमा सहमतीसँगै मस्यौदा लेखनपछि जनताको राय समेटिएको मस्यौदा संविधानसभाको दुई तिहाईले पारित भइसकेको छ ।
आउँदा दिनहरुमा संविधानसभा अध्यक्षले निरन्तर बैठक बसाल्ने छन् भने संविधानको विभिन्न धारा उपधारा र दफाहरुको फलफलपछि दुईतिहाईले पारित हुनेछन् ।
नयाँ संविधानको दफाबार छलफलबाहेक अब कुनै प्रकृया बाँकी छैनन् । छलफलपछि संविधान पारित हुनेछ । संविधानमा हरेक सभासदहरुले हस्ताक्षर गर्नेछन् भने संविधानसभा अध्यक्षले प्रमाणिकरण गर्नेछन् र राष्ट्रपतिले विशेष समारोहकाबीच नयाँ संविधान जारी गर्नेछन् ।
नयाँ बन्ने संविधानमा केही मधेसबादी दलहरुको भने असहमती छ । नयाँ संविधान जारीपश्चयात् देशभर दिपावली कत्तिको हुनेछ त्यो भने हर्न बाँकी छ ।
संविधानको अन्तिम प्रकृयाको क्रममा मंगलबार संविधानसभामा देखिएको केही दृश्यहरु ः