नयाँ संविधानको नाम ‘नेपालको संविधान’

85
  •  
  •  
  •  

काठमाडौं, १६ भदौ (ओएनएस) : नयाँ संविधानको नाम ‘नेपालको संविधान’ हुने भएको छ । संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सोमबार बसेको बैठकले नयाँ संविधानको नामबारे सहमति जुटाएको हो । संविधानको नाम सर्वसम्मतीले चयन गरिएको एक नेताले जानकारी दिए ।

बैठकले संवैधानिक परिषद् र राजदुत नियुक्तिमा पनि सहमति जुटाएको छ । स्रोतका अनुसार संवैधानिक परिषद् ५ सदस्यीय हुनेछ । प्रधानमन्त्री, सभामुख, प्रधानन्यायधिश, सभामुख र एक महिला परिषद्को पदाधिकारी रहने सहमति भएको छ । यस्तै राजदुत नियुक्तिमा समावेसीको सिद्धान्तअनुसार गर्ने सहमति भएको छ । समानुपातिक प्रतिनिधित्वका आधारमा राजदुत नियुक्तिको व्यवस्था गर्ने सहमति भएको हो । दलहरुबीच सबैभन्दा बढि विवादित रहेको राज्र्यपुनर्संरचना र राज्यको शासकीय स्वरुप बारे भने बैठकमा छलफल नै नभएको बताइएको छ ।

यही भदौ २१ गतेभित्र विवादित विषयमा सहमति जुटाएर संविधानसभामा प्रतिवेदन पेश गर्नुपर्ने कार्यातालिका छ । तर, हालसम्मको प्रगतिका आधारमा कार्यतालिकाअनुसार काम हुने सम्भावना निकै कम हुँदै गएको छ । सहमित समितिको प्रतिवेदन संविधानसभाको पूर्ण वैठकले पारित गरेपछि मस्यौदा समितिले प्रारम्भिक मस्यौदा तयार पार्ने छ । सो प्रारम्भिक मस्यौदाबारे आम जनताको रायसुझाव लिइ त्यसलाई अन्तिम रुप दिएपछि संविधानसभाले कम्तिमा दुई तिहाई बहुमतबाट संविधान पारित गरेपछि आगामी माघ ८ गतेसम्म नयाँ संविधान सभाअध्यक्षले जारी गर्ने र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने छ ।


  •  
  •  
  •