मधेसी मोर्चासँग वार्ता गर्न नयाँ सयन्त्र बनाइने

287
  •  
  •  
  •  

काठमाडौँ, २७ कात्तिक(ओएनएस) : तराईमा आन्दोलनरत मधेसी मोर्चासँग वार्ता गर्न प्रमुख दलका शीर्ष नेताहरुको रहेका उच्चस्तरीय नयाँ सयन्त्र बनाइने भएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सहितको सहभागितामा प्रमुख दलका नेताहरु रहेको उच्चस्तरीय सयन्त्र गठन गर्ने र तिहार लगत्तै मधेसी मोर्चाले उठाएका मागमा विषयमा छलफल मधेसी मोर्चासँग वार्ता गर्ने तयारी गरेका छन् ।

नेपाली कांग्रेस सहमत भए एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको उच्चस्तरीय राजनीतिक समितिलाई बिस्तार गर्ने, कांग्रेस सहमत नभए नयाँ सयन्त्र बनाउने सत्तासिन दलको तयारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डबीच सहमति भइसकेको सरकारका एक मन्त्रीले जानकारी दिएका छन् । उनका अनुसार सयन्त्रमा मधेसी मोर्चाका तर्फबाट दुईजनालाई सहभागी गराउनेगरी प्रस्ताव गरिनेछ ।

यसैबीच सरकारले गठन गरेको वार्ता समितिले पनि तिहारको भोलिपल्ट मोर्चासँग वार्ता गर्ने भएको छ । सरकारका प्रवक्ता एवं सुचना तथा संचार प्रविधी मन्त्री शेरधन राईले तिहार र छठ पर्व लगत्तै मधेसी मोर्चासँग नयाँ चरणको वार्ता गरेर समझदारीमा पुगिने बताए । उनले आइतबार वा सोमबार वार्ता हुने बताए ।


  •  
  •  
  •