सेतीबगरदेखी सराङ्कोटसम्म अर्को केबलकार

288
  •  
  •  
  •  

cable car demoकाठमाडौ, ३ बैशाख : पर्यटकीय नगरी पोखराको फेवातालदेखी शान्ति स्तुपासम्म केबुलकार निर्माण हुने पक्कापक्की भएसँगै पोखरामै निजी लगानीमा अर्को पनि केबुलकार निर्माण गरिने भएको छ । रियल स्टेट व्यवसायी कालु गुरूङ अध्यक्ष रहेको अन्नपूर्ण केबुलकार प्रालीले पोखरा उप-महानगरपालिका-२६ सेतीबगरदेखी सराङ्कोटसम्म २.२ किलोमिटर लामो केबुलकार निर्माण गर्ने भएको हो ।

मनकामना केबुलकार सञ्चालन गर्दै आइरहेको चितवन कोर्ड र जापानको एक कम्पनीसँग निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर भइसकेको छ । निर्माणकर्ता अन्नपूर्ण केबुलकारका अध?यक्ष गुरू र निर्माण कम्पनी जापानको निप्पोन केबुलकारका प्रतिनिधी तथा चितवन कोर्डका अध्यक्ष राजेशबाबु श्रेष्ठसँग यसअघि नै सम्झौता भएको थियो ।

एक वर्ष पहिले नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सेतीबगर-सराङकोट केबुलकार प्रालीका निर्देशक तीर्थ त्रिपाठीले जानकारी दिएका छन् ।

-गोरखापत्र दैनिकबाट


  •  
  •  
  •