मेगा बैंकको ५३ औ शाखारहित सेवा कैलालीको घैलाबौनियामा

192
  •  
  •  
  •  

Mega-Logoकाठमाडौँ, १९ पुस(ओएनएस) : मेगा बैक नेपाल लिमिटेडले शाखारहित सेवाको रूपमा कैलालीको घैलाबौनियामा आफ्नो सेवा बिस्तार गरेको छ ।

उक्त सेवा बिस्तारसँगै मेगा बैको शाखारहित सेवाको संख्या ५३ औ पुगेको छ । उपत्यका बाहिरका १८ वटा जिल्लाका ५३ वटा गाउँमा मेगा बैंकको शाखारहित सेवा बिस्तार भएको हो ।

करिब ४ वर्षअघि नेपालमा पहिलोपटक शाखारहित सेवा बिस्तार गरेको बैंकले आगामी दुई वर्षमा देशका विभिन्न स्थानमा थप २३ वटा शाखारहित सेवा बिस्तार गर्ने लक्ष्य राखेको छ । मेगा बैंकका सिइओ अनिलकेशरी शाहका अनुसार आगामी दुई वर्षमा मेगा बैंकको शाखारहित सेवाको संख्या ७६ पुग्नेछ ।

बैकिङ सुविधा नपुगेका ग्रामीण भेगका जनतालाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ शाखारहित सेवा सुरू गरिएको थियो । शाखारहित सेवामा ग्रामीण भेगका जनताको अत्याधिक सहभागिता रहने गरेको उनले बताए ।

शाखारहित बैंकिङ सेवामा ग्राहकले खाता खोल्न, रकम बचत गर्न तथा ऋण लिन, खाताको मौज्दातबारे जानकारी लगायतका सुविधा पाउँछन् ।


  •  
  •  
  •