काठमाडौ, ६ माघ(ओएनसए) : संविधानसभा भवन रहेको बानेश्वरमा अहिले अघोषित कर्फ्यु लगाइएको छ । नयाँ बानेश्वर क्षेत्रमा तनाव उत्पन्न हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अघोषित कर्फ्यु लगाइएको बताइएको छ ।
नयाँ बानेश्वर आसपासको करिब ५ सय मिटर वरपर उक्त कर्फ्यु रहेको छ । बानेश्वरको ५ मिटर भन्दा भित्र कुनै पनि मानिसलाई हिड्न, गफ गर्न, उभिन समेत दिइएको छैन् । यो अघोषित कर्फ्यु करिब १ घण्टासम्म रहने त्यहाँ खटिएका सुरक्षाकर्मीले जनाएका छन् ।
एमाओवादी, मधेषी मोर्चा र मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले संयुक्त रूपमा गरेको बन्दका कारण पनि सुरक्षा सतर्कता बढाइएको सुरक्षाकर्मीले बताएका छन् ।