काठमाडौं ६ भदौ (ओएनएस) : नेपालमा दुई प्रजातिका जनवार फेला परेकाछन् । अनुसन्धानकर्ताहरूले दुई महिनाको अन्तरालमा नेपालमा दुई नया“ प्रजातिका जनावर फेला पारेका हुन। उपल्लो मुस्ताङमा पहिलोपटक फेला परेका ती जन्तुबारे आज सार्वजनिक गरिदैछ । राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसन्धानकर्ताले ‘स्टेप पोलक्याटु र ‘तिबेतियन उल्फु नामका दुई छुट्टाछुट्टै जन्तु सूचीकृत गरेका छन्। कोषका वरिष्ठ संरक्षण अधिकृत मधु क्षेत्रीले अनुसन्धान क्रममा ती जन्तु फेला पारेको सूचना अधिकृत नुमराज खनालले ओएनएसलाई जानकारी दिए।
खनालका अनुसार यी जन्तु संसारका विभिन्न मुलुकमा पाइएका भए पनि नेपालमा अहिलेसम्म सूचीकृत भएका थिएनन्। क्यामरा ट्र्यापिङका माध्यमले यी जन्तुको तस्बिर खिचिएको छ। नेपालमा अहिलेसम्म नभेटिएकाले यसको नेपाली नाम राखिएको छैन।