काठमाडौं, ५ बैशाख (ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ता करिब डेढ महिनादेखि रिक्त थियो । यसअघिका महान्यायाधिवक्ता हरिकृष्ण कार्कीले न्यायाधीशमा सिफारिस हुने भएपछि पदबाट राजीनामा दिएका थिए ।
वरिष्ठ अधिवक्ता हरि उप्रेती, नरेन्द्र पाठक लगायतको नाम पनि महान्यायाधिवक्ताको लागि चर्चामा थियो । उप्रेतीले आफू महान्यायाधिवक्ता नबन्ने खबर पठाएका थिए । उप्रेतीको नाम सर्वोच्च अदालतको न्यायाधीशमा चर्चामा थियो ।
विजयकान्त मैनाली नेपाल बार एसोसिएसनको अध्यक्षमा पराजित भएपछि कानुनमन्त्री अग्नि खरेलले मैनालीलाई महान्यायाधिवक्ता बनाउन खोजेका थिए । तर, ओलीनिकट फुयाललाई पहिल्यै आश्वासन दिइसकेकाले खरेलको प्रस्ताव अस्वीकार गरेको स्रोतले जनाएको छ । कार्कीलाई महान्यायाधिवक्ता र पछि न्यायाधीश नियुक्ति गरेपछि कानुनमन्त्री खरेलप्रति एमाले निकट कानुन व्यवसायीहरु रुष्ट छन् । मैनालीको पराजयको प्रमुख कारण पनि यही रहेको विश्लेषण एमाले वकिलहरुको छ ।