चीनका कारण उत्पन्न सैन्य चुनौतीप्रति नेटोको चेतावनी

118
  •  
  •  
  •  

एजेन्सी । नेटोका नेताहरूले चीनका कारण उत्पन्न सैन्य जोखिमप्रति चेतावनी दिँदै त्यसलाई बेइजिङको प्रणालीलाई चुनौती दिने व्यवहार भएकाे बताएका छन्।

ब्रसल्समा भेला भएका उनीहरूले चीनले द्रुत ढङ्गले आफ्नो परमाणु क्षमता विस्तार गरिरहेको, सैन्य आधुनिकीकरणबारे अपारदर्शी हिसाबले निर्णय गरिरहेको र रुससँग सैन्य सहकार्य गरिरहेको बताए। नेटोका प्रमुख येन्स स्टोल्टेन्बेर्गले सैन्य र प्राविधिक क्षमतामा चीन नेटोको ‘हाराहारी तर्फ’ आइरहेको बताए।

तर उनले नेटो गठबन्धनले चीनसँग नयाँ शीतयुद्ध नचाहेको पनि उल्लेख गरेकाे बीबीसीले जनाएकाे छ। नेटो ३० वटा युरोपेली र उत्तर अमेरिकी देशहरूको शक्तिशाली राजनीतिक र सैन्य गठबन्धन हो।


  •  
  •  
  •