नेदरल्याण्डद्धारा नेपाललाई १ सय ५९ रनको चुनौती

70
  •  
  •  
  •  

Nepal Cricketकाठमाडौ, ४ माघ(ओएनएस) : नामिबियामा जारी आईसीसी विश्व लिग डिभिजन २ को आफ्नो दोस्रो खेलमा नेपालले १ सय ५९ रनको विजय लक्ष्य पाएको छ । नेदरल्याण्डले निर्धारित ५० ओभरको खेलमा १ बल बाँकी रहँदा सबै विकेट गुमाउँदै १ सय ५८ रन जोडेपछि नेपालले उक्त लक्ष्य पाएको हो ।

टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्डका लागि माइकल रिप्पोनले सर्वाधिक ५३ रनको योगदान गरे भने रिटायर्ट हर्ट भएर पाँचौ विकेटको पतन पछि खेल्न आएका प्रारम्भिक ब्याटस्म्यान स्टेफन माईब्रुगले ३७ रन, मुदास्सर बुखारीले १९ रन जोडेका थिए ।

नेपालका लागि पारस खड्का, बसन्त रेग्मी, शक्ति गौचन र सोमपाल कामीले समान २-२ विकेट लिएका थिए ।

नेपालले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ ।


  •  
  •  
  •