काठमाडौं, ३ कार्तिक (ओएनएस) : नेपाली कांग्रेसका नेता प्रदीप पौडेल जापान पुगेका छन् । पौडेललाई हानेदा एयर्पोर्टमा शनिबार नेपाली जनसम्पर्क समितिका पदाधिकारीका साथै एनआरएनए अध्यक्ष भवन भट्टले स्वागत गरेका थिए ।
नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागि हुन उनी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।गतवर्ष जनसम्पर्क समितिको कार्यक्रममा सहभागि हुन जापान गएका पौडेललाई त्यहाँको अध्यागमले फिर्ता पठाइदिएको थियो ।यसपटक भने उनले निर्वाध रुपमा प्रवेश पाएको बताइएको छ ।