यी हुन राजपा नेपालबाट राजीनामा दिने केन्द्रिय नेताहरु(नामावलीसहित)

423
  •  
  •  
  •  

काठमाडौं, ७ वैशाख (ओएनएस): राष्ट्रिय जनता पार्टी नेपाल एक वर्षमै फुटेको छ । स्थापना दिवसकै दिन राजपा नेपाल फुटेकाे राजपाका उपाध्यक्ष अशाेक कुमार यादवले घाेषणा गरेका छन्।

उपाध्यक्ष यादवको नेतृत्वमा पदाधिकारी र केन्द्रिय सदस्यहरु राजपाबाट अलग्गिएर राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) घोषणा गरेर सार्वजनिक समेत गरेका छन् । काठमाडाैँमा पत्रकार सम्मेलन गर्दैराजपा नेपालबाट छुटि्इएकाे भन्दै उनीहरुले राजपा (लोकतान्त्रिक) नामक नयाँ पार्टी घोषणा गरेकाे बताएका छन्।

मधेशमा अहिलेसम्म विकास नभएको बताउँदै उनले राजपा(लोकतान्त्रिक)ले अब विकासकेन्द्रित गतिविधि अघि बढाउने जनाए ।

उनीहरुले जारी गरेको विज्ञप्ती अनुसार राजपा नेपालको विभिन्न पदाधिकारीसहित ३३ जनाले पदबाट बहिष्कार गरेका छन् । हिजोमात्रै पार्टी फुटाउने मिति तय भएकोले समय अभावका कारण केही साथीहरु जिल्लाबाट आउने क्रम जारी रहेको उनीहरुको दाबी छ । त्यस्तै केही ठाउँबाट काठमाडौंमा आईपुग्नेहरुलाई भने बाटोमै रोकिएको पनि उनीहरुको दाबी छ ।

राजीनामा दिने नेताहरुकाे नामावली :


  •  
  •  
  •