कांग्रेस संसदीय दलको नेतामा सभापति देउवा विजयी

334
  •  
  •  
  •  

काठमाडौं, २१ फागुन (ओएनएस) : नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्।

सोमबार भएको संसदीय दलको निर्वाचनमा देउवाले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई पराजित गरे।
६३ जना सांसदले गरेको मतदानमा देउवाको पक्षमा ४४ र सिंहको पक्षमा १९ मत खसेको छ।

निर्वाचन समितिकाअनुसार बिहान १० बजेदेखि सुरु भएको मतदान सकिए लगत्तै मत गणना गरिएको थियो।


  •  
  •  
  •