काठमाडौं, ३२ असार (ओएनएस) नयाँ बजेट सार्बजानिक भएको भोली पल्टदेखी ओरालो लाग्न थालेको शेयर बजार बुधवार बाट सम्हालिएको छ ।
साताको चौथो दिन बुधवार नेप्से दोहोरो अंकले बेढेको छ । १० दशमलव ४२ अंकले बढेर नेप्से १ हजार ३६ दशमलव ११ बिन्दुमा पुगेको छ ।
वाणिज्य बैक, डेभलपमेण्ट बैक, जलबिद्युत र बीमा समूहको शेयर बढ्दा समग्र नेप्से बढेको हो ।
होटल फाइनान्स र उत्पादन लगायतका परिसूचक भने बुधवार ओरालो लागेका छन् ।
‘क’ बर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ५९ अंकले बढेर २ सय २२ दशमलव ४५ बिन्दुमा पुगेको छ । बुधवार १ सय ५३ कम्पनीका ३३ सय ९७ कारोबारवाट ६४ करोड ४९ लाख बराबरका शेयर खरिद बिक्री भएका छन् ।