नेप्से परिसुचकमा करिब १० अंकको वृद्धि

142
  •  
  •  
  •  

काठमाडौं, २७ जेठ (ओएनएस): नेपाल स्टक एक्सचेन्जमा आज ९.८१ अंकको वृद्धि भएको छ । परिसुचकमा आज क बर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा पनि २.३४ अंकको सुधार आएको छ ।

समुहगत परिसुचकमध्ये बाणिज्य बैंक, होटल्स, विकास बैंक, जलविद्युत, बीमा र अन्य समुहको परिसुचकमा सुधार आएको छ । अर्कोतर्फ व्यापार र वित्त समुहको परिसुचकमा भने कमी आएको छ । आज जलविद्युत, होटल्स र बैंकि९ समुहको परिसुचकले नेप्से बढाउन मद्धत गरे ।

मंगलवार आज कुल १ सय ४१ कारोबार भएभने कुल ३ हजार ८ सय ६९ शेयर कारोबार भएको छ । नेप्सेमा कुल २१ लाख ७१ हजार ७७८ कित्ता शेयर कारोबार कारोबार भएका छन भने कुल कारोबार रकम ५६ करोड ६५ लाख ४२ हजार ८ सय ६६ रुपैंया रहेको छ ।

नेप्सेमा आज सबैभन्दा बढि चिलिमे हाइड्रोपावर कम्पनिको शेयर कारोबार भएको छ । आज सबैभन्दा प्रति कित्ता रकमको आधारमा धेरै कमाउने कम्पनिमा नेको इन्सूरेन्स रहेको छ भने काठमाण्डु फाइनान्सका प्रोमोटर शेयरधनीले सबैभन्दा धेरै गुमाएका छन् ।


  •  
  •  
  •