नेप्सेमा यो साता सामान्य कमी

86
  •  
  •  
  •  

nepse declineकाठमाडौँ, १९ पुस : गत साता करिब नौ अङ्कले कमी आएको नेप्से यो साता सामान्य कमी आएको छ ।

साताको परिसूचकमा पहिलो दिनको तुलनामा ०.०४ अङ्कले घटेर अन्तिम दिन ९०३.६८ अङ्कमा पुगेको छ । यो साता नेपाल स्टक एक्सचेन्जमा १५४ कम्पनीको आठ हजार पटक भएको कारोबारबाट रु एक अर्ब सात करोड ५० लाख ९१ हजारबराबरका २७ लाख ८९ हजार ४०० कित्ता सेयरहरू खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताकोभन्दा ७२.४८ प्रतिशत बढी हो । गत साता १६२ कम्पनीहरूको कारोबार सात हजार ६२० बाट रु ६२ करोड ३६ लाख २३ हजारबराबरका १४ लाख २० हजार ४९० कित्ता सेयरहरू खरिद बिक्री भएका थिए ।


  •  
  •  
  •