फेरी ओरालो लाग्न थाल्यो नेप्से

238
  •  
  •  
  •  

nepse declineकाठमाडौँ, ५ पुस(एजेन्सी) : अघिल्लो साता दोहोरो अंकले बढेको नेप्से यो साता भने ओरालो लागेको छ । यो साताको अन्तिम दिन नेप्से ९०३.८९ अंकमा पुगेको छ । यो अंक गत साताको भन्दा ६.१२ अंकले कम हो ।

नेपाल स्टक एक्सचेन्जमा १६७ कम्पनीको ९ हजार ४१९ कारोबारबाट एक अर्ब १४ करोड ३० लाख ३६ हजार बराबरका ३२ लाख २९ हजार ९६० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ४२.४९ प्रतिशत बढी हो ।

गत साता १६३ कम्पनीको कारोबार आठ हजार ३६ कारोबारबाट रु ८० करोड २१ लाख ९८ हजार बराबरका २२ लाख १७ हजार ९९० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

यसैगरी समूहगत परिसूचकको उतारचढाबमा विकास बैंक, वित्त, होटल र उत्पादनमूलक समूहको परिसूचकमा सकारात्मक परिवर्तन आएको छ भने वाणिज्य बैंक, बिमा, जलविद्युत्, व्यापार र अन्य समूहको परिसूचकमा भने नकारात्मक रहेको छ ।


  •  
  •  
  •