४६ अंकले बढ्यो नेप्से

330
  •  
  •  
  •  

काठमाडौं । आइतबार नेप्से ४६ अंकले बढेको छ। योसँगै नेप्से २०१० अंकमा पुगेको छ। आइतबार क वर्गका कम्पनीको सूचक सेन्सिटिभ ८ अंकले बढेको छ। यस दिन कारोबार रकम पनि बढेको छ। गत बिहीबार ४ अर्ब १६ अर्ब रुपैयाँको सेयर किनबेच भएकोमा यस दिन ४ अर्ब ८९ करोडको किनबेच भयो।

ब्यापार २९, होटल ५ र जलविद्युत समूह २८ अंकले घटेका छन्। बैंकिङ ४५, विकास बैंक ३६, फाइनान्स ७, निर्जीवन बीमा १७४, उत्पादन २७२, अन्य १५, माइक्रोफाइनान्स ५६, जीवन बीमा समूह ५२८ अंकले बढेका छन्।

नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ६७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। कम्पनीको मूल्य ७ प्रतिशतले बढेर २०३५ रुपैयाँ कायम भएको छ। कारोबारका आधारमा दोस्रोमा रहेको पुनर्बीमाको ३५ करोड ९४ लाख रुपैयाँको किनबेच भयो।

हिमालय डिस्टिलरी, माथिल्लो तामाकोसी, चिलिमे हाइड्रोपावर पनि कारोबारका आधारमा अगाडि रहे। माहुली लघुवित्त, साधना लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक र हिमालय डिस्टलरीको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढ्यो।

माथिल्लो तामाकोसीका लगानीकर्ताले ४.८ प्रतिशत मूल्य गुमाएका छ। सो कम्पनीको मूल्य ४५२ रुपैयाँ कायम भएको छ। त्यस्तै आँखुखोला जलविद्युतको मूल्य ३.५ प्रतिशतले घटेको छ भने अरुण काबेलीको मूल्य २.८ प्रतिशतले घटेको छ।


  •  
  •  
  •