१३ अंकले घट्यो नेप्से

174
  •  
  •  
  •  

काठमाडौं, २२ असोज (ओएनएस) : दशै विदा पछी बजार खुलेको पहिलो दिन बुधवार नेप्से १२ दशमलव ७८ अंकले घटेको छ ।

नेप्से परिसूचक ९२५ दशमलव २१ अंकमा पुगेको छ ।
सवै समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ । जसमध्ये सवैभन्दा बढी हाइड्रोपावरमा घटेको छ ।

हाइड्रोपावरमा ११४ दशमलव ६४ ले घटेर २३८५ दशमलव २५ अंक पुगेको छ । त्यस्तै वाणिज्य बैंक समूहको सूचक ९ दशमलव ८८ अंकले,बीमा समूहको ९९ दशमलव २९ अंकले घटेको छ ।

सवैभन्दा कम फाइनान्समा ० दशमलव ३७ अंकले घटेको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ ।


  •  
  •  
  •