सिरी ए मा नापोलीको सानदार जित

75
  •  
  •  
  •  

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीले सानदार जित निकालेको  छ । गएराति साम्पडोरियालाई ४–० गोल अन्तरले पराजित गर्दै लगातार पाँचौं जित निकालेको हो । जारी सिजनमा शतप्रतिशत जित दर्ता गरेको नोपोली १५ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।
साम्पाडोरियाको मैदानमा नोपोलीलाई जिताउनका लागि भिक्टर ओसिमहेनले दुई गर्दा फाबियन र पिओटर जिलिनिस्कीले एक–एक गोल थपेका थिए ।

खेलको दशौं मिनेटमा भिक्टरले गोल गर्दै नापोलीलाई शुरुआती अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा फाबियनले गोल गरेपछि पहिलो हाफमा नापोली २–० ले अघि रहेको थियो । दोस्रो हाफमा पनि नापोलीले अरु २ गोल थपेको थियो ।   ५० औं मिनेटमा ओसिमहेनले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए । घरेलु मैदानमा शुरुदेखि नै दबाबमा आएको साम्पाडोरियाले ५९ औं मिनेटमा चौथो गोल ब्यहोरेको थियो । नापोलीका लागि जिलिनिस्कीले गोल गर्दै टिमलाई ४–० को फराकिलो जित दर्ता गराए ।


  •  
  •  
  •