धादिङको एक विद्यालय पुननिर्माणका लागि जापानबाट १५ लाख

182
  •  
  •  
  •  

nepalese community nayoga and help nepalकाठमाडौँ, २७ पुस(ओएनएस) : नेपलिज कम्युनिटी नागोयाले हेल्प नेपाल नेटवर्कसँग मिलेर धादिङमा एक प्राथमिक विद्यालय पुननिर्माणको लागि सहयोग प्रदान गरेको छ ।

भूकम्पपछि नेपालमा राहतका कार्यक्रमहरूमा सहभागी हुँदै आएको जापानस्थित नेपलिज कम्युनटी नागोयाले भूकम्पमा भत्किएको धादिंङको खारी गाविसस्थित मनकामना प्राथमिक विद्यालयको पुननिर्माणका लागि हेल्प नेपाल नेटवर्कलाई रू १५ लाख प्रदान गरेको छ ।
नागोयाका नेपालीहरुको तर्फबाट संयोजक शिवराम खड्का र हेल्प नेपाल नेटवर्कको तर्फबाट अध्यक्ष अरूण सिंह बस्नेतले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

हेल्प नेपाल नेटवर्कले भूकम्प लगत्तै व्यापकरूपमा राहतका कामहरू र त्यसपछि लगभग दुई हजार टनेल हाउस निर्माण गरेको थियो । अब हेल्प नेपालले भूकम्पबाट भत्तिएका कम्तिमा पाँचवटा स्कूलको पुननिर्माणमा सहयोग पुर्याउँदै छ ।


  •  
  •  
  •