सिएनएनले नेपालमा मृगौला वेचविखनबारे वृत्तचित्र प्रशारण गर्दै

282
  •  
  •  
  •  

काठमाडौं, १३ असार (ओएनएस)  । अमेरिकी टेलिभिजन च्यानल सिएनएनले नेपालमा भइरहेको मानव अंग वेचविखन बारे निर्माण गरेको वृत्तचित्र प्रशारण गर्दै छ । सीएनएनले आ नेपाली समयाअनुसार राती ९  : १५ बजे शनिबार, २८ जुन दिउँसो २ः१५ बजे र बेलुकी ६ : ४५ बजे, सोमबार, ३० जुन बिहान  ९ : १५ बजे र दिउँसो २ :  १५ बजे मंगलबार, १ जुलाई राती १० : १५ बजे बुधबार, २ जुलाई बिहान ११ : ०० बजे प्रसारण गर्न लागेको सिएनएनले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
नेपाल्स अर्गन ट्रायल नामको यो वृत्त चित्रमा मानवअंग वेचविखनको दर्दनाक विषय समेटिएको छ । वृत्तचित्रले गरिव तथा अशिक्षित परिवार कसरी यो कुकृत्यको शिकार भएका छन् भन्नेबारे विभिन्न तथ्य उजागार गरेको छ ।

सिएनएनका अन्तर्राष्ट्रिय सम्वाददाता सुम्निमा उदासले यिनै मृगौला तस्करी गरिएका गरिबहरु जो दयनीय स्वास्थ्य स्थितिबाट गुज्रेर मृत्युको मुखमा पुगी आफ्नो गरिब परिवारलाई कसरी झन गरिब बनाएका छन भन्ने एक कहालीलाग्दो अवस्थाको चित्रण गरेकी छिन् ।

“मानवअङ्ग बेचबिखन एक पासविकब्यापार हो । जसले एउटा व्यक्तिलाई मात्रै नभएर सम्पूर्ण परिवारलाई नै ध्वस्तपार्दछ ।” सिएनएनका कार्यकारी उपाध्यक्ष टोनी म्याडक्स भन्छन्, , “यो एउटा भन्नै पर्ने कथाहो र हामी यस किसिमकाअमानवीयक्रियाकलापहरुलाई परिवर्तन गराएर छाडने कुरामा दृढ छौं ।’

यस बृतचित्रक ाअनुसार नेपालको काभ्रे जिल्लाका दुर्गम भागका गाउँलेहरुलाई दलालहरु जागिर दिन्छु वा आफ्नो शरीरको एउटा सानो टुक्रामासुका लागि ठूलो धनराशी दिन्छु भन्दै फकाएर र छलकपट गर्ने गर्दछन् भने अर्कातिर मृगौलासम्बन्धी रोगबाट पीडितहरु कसैको मृगौला दान पाई आफ्नो जीवन केहीलामो समयका लागि बचाउने आशामा कुरेर बसिरहेका हुन्छन् । कहाली लाग्दो गरिबी र सरकारी निकायको कमजोर उपस्थितिको फाइदा उठाउदै दलालहरु मानवअंग बेचबिखन गर्ने यो भयानक चक्र पुरा गर्दै मोटो रकम हात पार्दछन् भने दलालद्धारा फँसाइएका ती निर्दाेश गाउँलेहरु सरकारले आफ्नो बालबच्चाको ख्याल गरिदियोस भन्ने आशमा मृत्युको दिन कुरेर दयनीय अवस्थामा गुज्रिरहेका छन् ।

आधा घण्टा लामो यस बृतचित्रले सरकारी निकाय, “जनअधिकार संरक्षण मञ्च” जस्ता मृगौला बेचबिखनबिरुद्ध कार्य गर्दै आएका संघ संस्थाहरु र स्वास्थ्य संस्थाको यस किसिमका गतिबिधिहरुलाई निरुत्साहित गर्ने प्रयासहरु पनि देखाउँदै छ । नेपाल सरकारले मानवअंग बेचबिखनलाई निरुत्साहित गर्न आफ्नो नाताका व्यक्तिहरुमा मात्र मृगौला दिन लिन मिल्ने कानूनबनाएको छ भने बेचबिखनबिरुद्ध कामगर्ने संघ संस्थाहरु गाउँले माझ जनचेतना अभिबृद्धि गराउने कार्यक्रम गरिरहेका छन् । तर अँझ पनि अरु धेरै गर्नुपर्ने देखिन्छ ।


  •  
  •  
  •