‘नेपालको संविधान २०७२’ सभामुख नेम्वाङद्वारा प्रमाणित

354
  •  
  •  
  •  

suvas chandra nemwangकाठमाडौ, १ असोज(ओएनएस) : संविधानसभाबाट पारित भएको ‘नेपालको संविधान २०७२’ संविधानसभाका सभाध्यक्ष सुवास चन्द्र नेम्वाङले प्रमाणित गरेका छन् । सभाध्यक्ष नेम्बाङले ‘नेपालको संविधान २०७२’ प्रमाणित गरेपछि संविधान घोषणा हुन मात्र बाँकी रहेको छ ।

संविधानसभाबाट पारित भएको नेपालको नयाँ संविधानमा आज सभासद्हरुले हस्ताक्षर गरेका थिए । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराइको अध्यक्षतामा गठित समितिले संविधानको संशोधन प्रस्ताव, भाषिक शुद्धता र अनुक्रम मिलाउने काम बिहिबार सकिएपछि आज सभासद्हरूले हस्ताक्षर गरेका थिए ।

समितिले संविधानको संशोधन प्रस्ताव, भाषिक शुद्धता र अनुक्रम मिलाएपछि बिहिबार संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाइएको थियो । उक्त विधेयकलाई परिस्कृत गरेर नेपाली कागजमा मुद्रण गरिएको छ ।

मुद्रण गरिएको पाँच प्रति संविधानको विधेयकलाई सभासद्ले आज संविधानसभा भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म हस्ताक्षर गर्ने कार्यक्रम रहेको थियो । सभासद्हरूले हस्ताक्षर सकिएलगत्तै संविधानसभाका अध्यक्ष नेम्वाङले त्यसलाई प्रमाणित गरेका हुन् ।


  •  
  •  
  •