नेपालगन्जमा कर्फ्यु

102
  •  
  •  
  •  

काठमाडौं ७ भदौ ।
आन्दोलनकारीले त्रिभुवन चोकमा प्रहरी बिट जलाएपछि स्थानीय प्रशासनले कर्फ्र्यु आदेश जारी गरेको छ । आइतबार बेलुका ८ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कफ्र्यु जारी गरको प्रशासनले जनाएको छ । नेपालगन्जमा केही दिनयता थारू र अन्य समुदायले आन्दोलन जारी राखेका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी बेद प्रकाश लेखकका अनुसार उत्तरमा कारकादोदेखि दक्षिणमा जमूनाह नाकासम्म र पूर्व फुल्टेक्रादेखि पश्चिममा परस्पुरसम्म सभा सम्मेलन, पाँच जना भन्दाबढी भेला हुन नपाउने नाराबाजी गर्न रोक लगाइएको छ ।
कान्तिपुरबाट


  •  
  •  
  •