भारत–नेपाल शिक्षा मैत्री कार्यक्रम शनिवारदेखि शुरु

188
  •  
  •  
  •  

नेपालका लागि भारतीय राजदुत रञ्जित रेले भारतले नेपालमा राजनीतिक स्थिरता, शान्ति एवम विकास चाहेको बताएका छन् ।
राजधानीमा आयोजित भारत–नेपाल शिक्षा मैत्री कार्यक्रमको उद्घाटन का अवसरमा  राजदुत रेले नेपालको दिगो विकास र समृद्धिको पक्षमा भारत सरकार रहेको बताए । साथै यहाँको शिक्षा, स्वास्थ्य तथा पूर्वाधारमा सँधै सहयोग गर्न तयार रहेको जानकारी दिए ।

रेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका बेला घोषणा गरे बमोजिम नै आफूहरुले नेपालका २० जना विद्यार्थीलाई विभिन्न विद्यामा भारतका प्रसिद्ध विश्वविद्यायमा चार देखि छ हप्ताका लागि लग्ने जानकारी दिएका छन् । उद्घाटनसँगै शनिवार पहिलो व्याच अन्र्तगत २० जना विधार्थी गएका छन् ।

नेपाली विद्यार्थीको पहिलो व्याच भारत–नेपाल शिक्षा मैत्रीको लागि आज भारत जान लागेकोमा खुसी व्यक्त गरे ।
उनका अनुसार विधार्थीहरुले यही नोभेम्बर १ देखि २५ सम्म भारतकै सबैभन्दा पूरानो एवम प्रसिद्ध विश्वविद्यालय कलकत्ता विश्वविद्यालयको भ्रमण गर्नेछन् ।

भ्रमणका अवसरमा नेपाली विद्यार्थीहरुले फिल्ड भिजिट, कलकत्ताका ऐतिहासिक एवम् साँस्कृतिक महत्व बोकेका स्थानहरुको अवलोकन गर्ने, शैक्षिक कार्यक्रममा सहभागी हुने र स्थानीय नेतृत्व तहसँग अन्र्तक्रिया गर्नेछन् ।


  •  
  •  
  •