नेपाल भारत सुरक्षा वैठक आजदेखि काठमाडौंमा

282
  •  
  •  
  •  

काठमाडौं २२ असार (ओएनएस) :  सुरक्षासम्बन्धी नेपाल–भारत द्विपक्षीय परामर्श समूहको बैठक आजदेखि काठमाडौंमा हुने भएको छ। बैठकमा भाग लिन १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतीय विदेश मन्त्रालयका सहसचिव अभय ठाकुर राजधानी आइसकेका छन् ।

बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राईले गर्नेछन्। बैठकमा विगतमा भएका निर्णयको प्रगति समीक्षाका साथै भविष्यमा हुने आपसी सहयोगबारे विचारविमर्श हुनेछ।

परामर्श समूहको बैठक बर्सेनि नेपाल र भारतमा आलोपालो गरी हुँदै आएको छ। दुई दिने उक्त बैठकमा दुवै मुलुकका परराष्ट्र, कानुन, रक्षा मन्त्रालयका साथै सुरक्षा निकायका उच्च अधिकारीले भाग लिनेछन्।


  •  
  •  
  •