विदेशी सेनामा ४४ हजार नेपाली

112
  •  
  •  
  •  

काठमाडौं, १२ असोज :नेपालबाट दुईसय वर्षदेखि बेलायत तथा ६७ वर्षदेखि भारतीय सेनामा हरेक वर्ष नेपाली भर्ती भइरहेका छन् । विदेशी सेनामा करिब ४४ हजार नेपाली कार्यरत छन् ।

हाल बेलायती सेनाको बि्रगेड अफ गोर्खाजअन्तर्गत तीन हजार ६ सय र सिंगापुर पुलिसमा करिब चारसय नेपाली छन् । भारतीय सेनाका ६ रेजिमेन्ट र अर्धसैनिक बल आसाम राइफल्समा करिब ४० हजार नेपाली कार्यरत छन् । बेलायत र भारतको सेनामा रहेका नेपालीले दुई दर्जनभन्दा बढी युद्ध लडेको नयाँ पत्रिकामा खबर छ ।

सन् २०२० सम्म बि्रटिस सेनाको कुल संख्या ८५ हजार पुर्‍याउने सरकारी योजनाअनुसार गोर्खाहरुको पनि संख्या थप कटौती हुने सम्भावना छ । बेलायतले वाषिर्क ६० जना नेपालीलाई आफैं छनोट गरेर गोर्खा कन्टिन्जेन्ट सिंगापुर पुलिस फोर्समा पठाइरहेको छ ।

नेपालको सर्वोच्च अदालतले भने ३० असार २०६६ मा नेपाली युवाको सिंगापुर पुलिसमा भर्ती अवैधानिक रहेको फैसला गरेको छ । तर, सर्वोच्चको फैसला कार्यान्वयन भएको छैन् ।

नयाँ पत्रिकाबाट 


  •  
  •  
  •