सभासदहरुले कुवेतमा बिचल्ली परेका नेपाली महिलाहरुको अवस्था बुझ्ने

445
  •  
  •  
  •  

काठमाडौं, २० कात्तिक, (ओएनएस) : व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले कुवेतस्थित नेपाली राजदूतावासको सेल्टरमा रहेका महिला श्रमिकहरुको अवस्था बुझ्ने निर्णय गरेको छ ।

साथै समितिले विदेशमा रहेका नेपाली कामदारहरुकोस्थिति र मानव अधिकारको अबस्था बुझ्को लागि परराष्ट्र मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार व्यवसायी संघसँग जानकारी लिएर अनुसन्धयान गर्नको लागि कार्यदल गठन गरेको छ ।

वैदेशिक रोजगार अध्ययन, अवलोकन तथा निरीक्षण कार्यदल नाम दिइएको कार्यदलको संयोजक सभासद शिव बहादुर खड्का तोकिएको छ ।

साथै समितिले देशका विभिन्न कारागारहरुको व्यवस्थापन र कारागारमा रहेका बन्दीहरुको मानव अधिकारको अवस्था बुझने पनि निर्णय गरेको छ ।

सभासदहरुले त्यसक्रममा स्थलगत अध्ययन, अवलोकन गरि प्रतिवदेश बनाउनको लागि पाँच कर्ण राईको संयोजकत्वमा कारागार अध्ययन, अवलोकन तथा निरीक्षण कार्यदल गठन गरेको छ ।

 


  •  
  •  
  •