मलेसियामा चार जना नेपाली अलपत्र

231
  •  
  •  
  •  

काठमाडौं, ४ पुस (ओएनएस) :  कैलालीको फूलबारी गाविसस्थित ई गाउँका चारजना मलेसियामा अलपत्र परेका छन् । वैदेशिक रोजगारीका लागि मलेसिया गएका रामबजारे चौधरी, प्रकाश चौधरी, सीताराम चौधरी र बाबुराम चौधरी अलपत्र परेका उनका परिवारजनले जानकारी दिएका छन् ।

मलेसियाको एलएच गोल्डेन रिसोर्सेज कम्पनीमा काम गर्न गएका उनीहरु अहिले घर फर्कन चाहे पनि आवश्यक कागजात नहुँदा मलेसियाको राजधानी क्वालालम्पुरमा लुकेर बस्दै आएका रामबजारेकी श्रीमती सुस्मिता चौधरीले बताउनुभयो ।

उनीहरु नूर अपर्चुनिटीका स्थानीय प्रतिनिधि अशोक सुवेदीमार्फत मलेसिया पुगेका थिए । जनही रु एक लाख २५ हजार दिएर मलेसिया गएका उनीहरुको ‘कन्ट्र्याक्ट भिसा’ भएकाले धेरै समय काम गर्न नपाएपछि अलपत्र परेको बताइएको छ ।

यस्तै सोही म्यानपावर कम्पनीमार्फत मलेसिया गएका कैलालीको गदरिया गाविस–१ का माघु चौधरी पनि अलपत्र परेका छन् । अलपत्र परेका उनीहरुलाई घर फर्किने व्यवस्था गरिदिन आफन्तजनले आग्रह गरेका छन् ।


  •  
  •  
  •