कतारको रंगशाला निर्माणको क्रममा ४ सय नेपालीले ज्यान गुमाए

644
  •  
  •  
  •  

काठमाडौं, ४ पुस (ओएनएसए) : सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलका लागि रंगशाला निर्माणक्रममा चार सय नेपालीको मृत्यु भएको छ ।

विश्वकप फुटबलका लागि भौतिक पूर्वाधार निर्माणक्रममा ठूलो संख्यामा नेपाली कामदार परिचालित छन् । भौतिक पूर्वाधार निर्माणकार्य धेरै भएकाले कतारले अझै ठूलो परिमाणमा नेपाली कामदार माग गरेको छ ।

नेपाली श्रम बिक्रीसँगै ज्यान जाने जोखिम पनि उत्तिकै रहेपछि प्रवासी नेपालीको हितमा काम गर्दै आएका संस्था तथा राष्ट्रिय÷अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले चिन्ता व्यक्त गरेका छन् ।

बेलायतबाट प्रकाशन हुने ‘द गाजिर्यन’ मा प्रकाशित पछिल्ला तथ्यांकअनुसार सन् २०२२ मा कतारमा हुुने विश्वकप फुटबलको रंगशाला निर्माणक्रममा २०१० देखि २०१३ सम्म चार सय नेपालीको मृत्यु भइसकेको छ ।


  •  
  •  
  •