कतार जाने कामदारसँग ‘पैसा लिनै पाइन्न’

223
  •  
  •  
  •  

काठमाडौं २३ चैत । वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारबाट लिइने रकम गैर कानुनी रहेको खुलासा भएको छ ।
कतारी श्रम तथा सामाजिक मामिलामन्त्री डा अब्दुलाल्ह विन सैल अल खुलाइफीले आफ्नो देशमा आउने नेपाली कामदारसँग मेनपावर कम्पनीले गैरकानुनी रुपमा चर्को शुल्क लिइरहेकोमा नेपाल सरकारसमक्ष गम्भीर असन्तुष्टि जनाएसँगै यस्तो खुलासा भएको हो ।

नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका खुलाइफीले श्रमराज्य मन्त्री टेकबहादुर गुरुङलाई आइतबार भेटी आफ्नो असन्तुष्टि जनाएका हुन् । राज्इमन्त्री गुरुङले कतारमा जाने नेपाली कामदारले तिर्नुपर्ने शुल्क घटाइदिन आग्रह गरेपछि जवाफमा खुलाईफीले आफ्नो दशेमा कामदारसित शुल्क लिने कानुन नै नभएको भन्दै असुज्तिष्ट जनाएको स्रोतले बतायो ।

कतारमा आउनुपर्ने कुनै विदेशीले शुल्क तिर्नुनपर्ने भनी खुलाइफीले बताइएपछि भेटघाटमा सहभाथि नेपाली टोली चकित भएको थियो ।

कान्तिपुर दैनिकबाट


  •  
  •  
  •