श्रमिकका समस्या नसुनी सभाससद् निदाउँदा….

216
  •  
  •  
  •  

काठमडौं ३ चैत ।  मलेसियामा रहेका नेपाली श्रमिकका समस्या बुझ्न आएका सभासद्हरु श्रमिकसँगको अन्तरक्रिया कार्यक्रममा निदाउन थालेका छन् ।
मलेसियामा रहेका नेपाली श्रमिकको दु:ख बुझ्न आएका सभासद्हरु सोमबार मजदुरसँग भएको अन्तरक्रिया कार्यक्रममै निदाए ।

श्रमिकहरुको समस्या बुझेर सुझाव संकलन गर्न आएको संसद्को अन्तर्राष्ट्रिय समितिले नेपाली श्रमिक अधिकारवादी, मलेसियामा रहेका ब्यावसायी, सञ्चारकर्मी, एनआरएन प्रतिनिधी र दूतावासका प्रतिनिधिबीचको कार्यक्रम चलिरहँदा कांग्रेसका सभासद् बलबहादुर केसी निदाउन पुगे ।

श्रमिका समस्या सुन्न समितिका सभापति प्रभु साहको नेतृत्वमा आएका सभासद् मजदुरका समस्या सुन्न छोडेर निदाउन थालेपछि मजदुरले आफ्नो समस्या समाधान हुने आश नरहेको प्रतिक्रिया दिएका छन् । प्रभु साहको नेतृत्वमा आएको टोलीमा ६ जना सभासद रहेका छन् । अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •