महिला फुटबलमा श्रीलंकाविरूद्ध नेपालको फराकिलो जीत

225
  •  
  •  
  •  

Nepal-vs-Srilankaकाठमाडौँ, १ फागुन(ओएनएस) : दक्षिण एसियाली खेलकुद (साग)मा महिला फुटबलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ ।

सिलोङमा आज शनिबार भएको खेलमा नेपालले श्रीलंकालाई ४-०को फराकिलो गोलअन्तरले पराजित गरेको हो । नेपाललाई जित दिलाउनका लागि सावित्रा भण्डारीले २ गोल गरेकी थिइन् भने सपना लामाले १ गोल गरेकी थिइन् । नेपालले खेलको १३ औँ मिनेटमा श्रीलंकाका तर्फबाट भएको आत्मघाती गोलबाट अग्रता लिएको थियो ।

खेलको पहिलो हाफ १-० मा नै सिमित भएको थियो । तर दोस्रो हाफमा नेपालले थप ३ गोल गर्दै खेललाई ४-० को स्थितिमा पुर्‍याएको थियो । यसका लागि भण्डारीले खेलको ५१ औँ र ६३ औँ मिनेटमा गोल गर्दै खेललाई ३-० को स्थितिमा पुर्‍याएकी थिइन् । खेलको ७९ औँ मिनेटमा गोल गर्दै लामाले नेपालको जितमा थप एक गोलको अन्तर बढाउन सफल भइन् ।


  •  
  •  
  •